Thursday, November 13, 2014

कागतीका फाइदा

कागती अमिलो जातको फल हो । यो सानो र ठूलो विभिन्न जातको हुन्छ । यसको बोक्रा, रस एवम् बियाँ तथा पात समेत विभिन्न रोगको उपचारमा काम आउँछन् । यसको रस, पात र बोक्रालाई ताजा रुपमा प्रयोग गर्न सकिन्छ भने बोक्रा र पातलाई सुकाएर एवम् रसलाई पकाएर अमिलो तयार गरी चुकको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

कागतीका विशेष गुण
कागती अमिलो खालको फल भएपनि यो क्षारप्रधान र पित्तशामक गुणको हुन्छ । कागतीमा रक्त शोधक, मुत्रकारक, पसिना निस्कासक, ज्वर निवारक, रेचक आदि गुण पनि रहेको हुन्छ । कागतीमा भिटामीन ‘सी’ प्रशस्त हुन्छ । यसको प्रयोगबाट  रक्तनली सफा हुन्छ । यो पाचक गुणले पनि पूर्ण छ । कागतीको रस सर्दी  एवम् गर्मी दुवै प्रकृतिको हुन्छ । गर्मीमा चिसो पानीका साथमा यसको रस प्रयोग गरेमा शीतलता प्राप्त हुन्छ भने तातो पानीसंगै पिएमा यसको शीत्तल गुण उष्णतामा परिणत हुन्छ । यसको बोक्रा र बियाँ भने उष्ण प्रकृतिको हुन्छ । उपवासको समयमा कागतीको रस पानीका साथ पिइने गरी केही दिनसम्म बस्दा शरीरमा विजातीय द्रव्य घट्दछ ।

विभिन्न रोगमा कागतीको प्रयोग
डण्डीफोर र अनुहारको पोतोः
कागतीको टुक्रालाई दिनहुँ डण्डीफोरमा सुत्नु अघि रगड्ने, रातभरि त्यसै राख्ने एवम् बिहान उठेर धुने गर्दा यसमा सुधार हुन्छ ।
गहुँको पिठो वा बेसन वा मुल्तानी माटोमा कागतीको रस मिसाई दिनहुँ अनुहारमा लेपन गरी आधादेखि एक घण्टा बस्ने र पखाल्ने गर्दा डण्डीफोर र अनुहारको पोतोमा पनि लाभ गर्दछ ।
कागती र मह बराबर मिश्रित गरी अनुहारमा लेपन गर्ने र २०÷३० मिनेटपछि कपासले रगडेर अनुहारमा मालिश गर्दा अनु्हारको चाँयामा सुधार हुन्छ ।

कपालमा चाँया पर्ने
कागतीको रस एवम् पानी मिसाई रौंको जरासम्म पुग्ने गरी रगड्ने र केही बेरपछि पखाल्ने । हप्तामा २÷३ पटक यसो गर्दा कपालको चाँया हट्दछ ।

उच्च रक्तचाप र हृदय रोग
दिनहुँ पानीमा मिसाई वा दालमा मिसाई आधादेखि एउटासम्म कागती खाने गर्दा रक्तचापमा फाइदा गर्दछ साथै हृदय रोगमा पनि लाभ गर्दछ ।

कब्जियत
दिसा कडा हुने र सफा नहुने समस्या छ भने दिनको एउटा कागतीलाई ४÷५ लिटर पानीमा मिसाई पटक–पटक गरेर पिउने गर्दा कब्जियत हट्न सहयोग गर्दछ ।

चिलाउने समस्या
छाला चिलाउनेसम्बन्धी समस्यामा कागतीको टुक्राले रगड्दै १÷२ दिनको फरक पारी नुहाउने, सफा गर्ने गर्दा फाइदा हुन्छ ।

बान्ता एवम् वाकवाकीमा
बान्ता भइरहेमा एवम् वाकवाकी लागेमा कागती काटेर चुस्ने गर्दा रोकिन सहयोग मिल्दछ ।

रक्सीको नशा हटाउन
कसैलाई रक्सी खाएर बढी नशा लागेको छ भने कागतीको टुक्रा चुसाउने वा कागती पानीको सर्बत खुवाउने गर्दा रक्सीको मात हराउँछ ।

लू चलेमा
गर्मीमा तातो हावा चल्ने भै लूको प्रकोप भएमा कागती पानीको चिसो सर्बत बारम्बार पिउँदा त्यसको असर हुँदैन ।

क्यान्सरवाट बच्न
नियमित रूपमा दैनिक भोजनमा केही मात्रामा कागतीको प्रयोग गरी खाँदा क्यान्सरको समस्या हुन पाउँदैन ।

सौन्दर्य बढाउने पेयपदार्थ

कागती–पानी नियमित पिउने गर्नाले शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ । यसले शरीरमा भएको नचाहिने बोसो पगाल्ने काम गर्छ, ताजा महसुस गराउँछ, तपाईका घरमा हाम्रा डाक्टर फूर्ति बढ्छ, अनुहार तेजिलो हुन्छ ।

उचित पेयपदार्थको सेवन गर्ने हो भने स्वस्थ र सुन्दर रहन धेरै मद्दत पुग्छ । चिया–कफी प्रायः सबैलाई थाहा भएकै पेयपदार्थ हो । सही तरिका र उचित मात्राको चिया–कफीले स्वास्थ्यलाई हानि पुर्याउँदैन । तर धेरै मात्रामा चिया–कफी पिउने गर्नाले स्वास्थ्य र सुन्दरतामा नराम्रो असर पर्छ । किनभने चिया–कफीमा शरीरलाई हानि पुर्याउने क्याफिन तत्त्व हुन्छ । क्याफिनले शरीरको मेटाबोलिजम प्रक्रिया तीव्र पार्न मद्दत पुर्याउँछ । यसले गर्दा मुटुको धड्कन तेजका साथ चल्न थाल्छ, फलस्वरूप शरीरको रक्तचाप बढ्न पुग्छ । अनि स्वास्थ्य र शारीरिक सुन्दरतामा समेत नकारात्मक असर पुग्न सक्छ । चिया–कफी पिउनै हुन्न भन्न खोजेकोचाहिँ होइन, उचित मात्रामा पिउनाले स्वास्थ्यलाई कुनै हानि पुर्याउँदैन । यहाँ स्वास्थ्य र सुन्दरताका लागि उपयोगी र सजिलै प्राप्त हुने केही पेयपदार्थको बारेमा जानकारी दिन खोजिएको छ ।


पानी
पानी सजिलै उपलब्ध हुने उत्तम पेयपदार्थ हो । पानीविना कुनै पनि प्राणी बाँच्न सक्दैन । हाम्रो शरीरलाई कम्तीमा ६६ प्रतिशत पानीको आवश्यकता पर्छ । पानीमा क्यालोरी हुँदैन । तसर्थ पानी पिउँदा यसको मात्रा अलिकति बढाइयो भने पनि कुनै हानि पुर्याउँदैन । पानीले शरीरलाई सुक्खा हुनबाट बचाइराख्छ । यसले शरीरभित्र रहेका विषालु तत्त्वहरू बाहिर निकाल्न पनि मद्दत गर्छ । साथै पाचन क्रियामा र छाला ताजा राख्न पानीले धेरै मद्दत पुर्याउँछ । जब पाचन राम्रो हुन्छ, शरीरको दूषित पदार्थ बाहिर निक्लन्छ र छाला ताजा हुन्छ, शरीर स्वस्थ एवम् सुन्दर हुन्छ ।

दूध
पेयपदार्थमध्ये बढी पौष्टिक तत्त्व भएको आहार दूध हो । त्यसैले दूधलाई अमृत मानिएको छ । दूधमा स्वास्थ्यलाई आवश्यक पर्ने सम्पूर्ण तत्त्व हुने भएकाले पनि यसलाई सर्वात्तम तथा सम्पूर्ण खाद्यवस्तु भन्ने गरिन्छ । दूधमा क्याल्सियम र प्रोटिन प्रशस्त मात्रामा हुने भएकाले यसको सेवन गर्न जोड गरिएको हो । कमसे कम दिनको एक गिलास दूध पिउनु जरुरी छ । दूधको सेवनले कपाल एवम् नङलाई स्वस्थ, बलियो र चम्किलो बनाउन मद्दत गर्दछ । यो सबै उमेरका व्यक्तिलाई लाभ पुर्याउने पेयपदार्थ हो ।

कागती–पानी
  कागती–पानी नियमित पिउने गर्नाले शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ । यसमा नून या चिनी मिसाएर पनि सेवन गर्न सकिन्छ । कागती–पानी पिउनाले पानीको प्यास कम हुन्छ, शरीरबाट निस्कने पसिनाको दुर्गन्ध हट्छ, गर्मीमा शीतलता प्रदान गर्छ । यसले शरीरमा भएको नचाहिने बोसो पगाल्ने काम गर्छ र शरीर स्वस्थ राख्छ । कागती–पानी पिउने गर्दा मधुमेहको रोगीलाई पनि फाइदा पुग्छ । साथै यसको सेवनले ताजा महसुस हुन्छ, फूर्ति बढ्छ, अनुहार तेजिलो हुन्छ ।

नरिवलको पानी
प्रकृतिको उपहारमध्ये नरिवल पनि एक बहुउपयोगी आहार हो । नरिवलमा स्वास्थ्य एवम् सुन्दरताका लागि उपयोगी गुणहरू हुन्छन् । विभिन्न रोगको उपचार र सौन्दर्य प्रशाधनमा नरिवलको उपयोग गर्न सकिन्छ । नरिवलको पानी दूधजस्तै स्वास्थ्यवद्र्धक आहार हो । यो सौन्दर्य संवद्र्धनको लागि पनि उपयोगी हुन्छ । नरिवलको पानीमा पोटासियम र भिटामिन ‘सी’ प्रशस्त हुने भएकाले यो पानी पिउने गर्नाले शरीरमा ताजापन महसुस हुन्छ । यसका साथै छालामा चमक आउने, छाला स्वस्थ हुने र चाउरी कम देखिने हुन्छ ।

हरियो तरकारीको रस
मौसमअनुसारको ताजा र हरियो तरकारीमा सोडियम, पोटासियम, क्याल्सियम, विभिन्न प्रकारका खनिज तत्त्व र सबै किसिमका भिटामिन पाइन्छ । यी सबै तत्त्व शरीर स्वस्थ राख्नका निमित्त अति आवश्यक हुन्छ। त्यसकारण पनि हरियो तरकारी प्रशस्त खानु जरुरी छ । हरियो तरकारीको रस पिउन मन छैन भने काँचो तरकारी जस्तै– गाजर, काँक्रो, चुकन्दर, गोलभेंडा, बन्दाकोपी, काउली आदि खान सकिन्छ । यसरी ताजा तरकारी खाने गर्नाले शरीरमा रगतको मात्रा वृद्धि गर्न मद्दत पुग्छ । शरीरमा रगतको मात्रा पूरा भएमा शरीर स्वस्थ हुन्छ । जसले गर्दा छालामा रौनक देखिन्छ, अनुहार रातो–पिरो र ताजा देखिन्छ ।

सजिलै प्राप्त गर्न सकिने उल्लिखित पेयपदार्थहरूको सेवन बढाउन सके शरीर स्वस्थ हुनुका साथै प्राकृतिक रूपमै सुन्दरता वृद्धि गर्न मद्दत मिल्छ ।

Wednesday, November 12, 2014

जाडोमा कफी किन खाने ? १० फाइदा...

कफी हामीले दिनहुँ प्रयोग गर्ने पेय पदार्थ हो । आजकल मानिसले चिया भन्दा कफी नै बढी पिउन थालेका छन् । जाडोमा अझ कफीको प्रयोग गर्नेको संख्या झन् बढी हुन्छ । कफी पिउनुका केही फाइदा र केही बेफाइदाहरू छन् । तर, समय र मात्रा मिलाएर खाने हो भने कफीले स्वास्थ्यलाई निकै फाइदा गर्छ ।

थाहा पाऔ कफी खानका फाईदाहरू...

१. प्रत्येक दिन बिहान कम्तीमा १ कप कफी पिउनाले शरिरमा दिनभर स्फुर्ति ल्याउनुको साथै यसमा हुने एन्टी अक्सिडेन्टको कारण शारीरिक तथा मानसिक तनावलाई समेत कम गर्दछ ।

२. मदिराजन्य वस्तुको सेवनवाट हुने ह्याङ्ग ओभरबाट छुटकारा पाउन सकिन्छ ।

३. कफी सेवन गर्ने बानीको कारण चियामा हुने दैनीक खर्चलाई जोगाउनुको साथै चिया सेवनवाट हुने असरवाट समेत बच्न सकिन्छ ।

४. मुटु, मस्तिष्क, पाचन र स्नायु प्रणालीलाई क्रियाशिल तुल्याउँछ ।

५. चिसोको कारण शरिर फुल्ने, खुट्टा तथा आँख्ला सुनिने जस्ता समस्या भएका वाथका रोगीहरुले नियमित कफी सेवन गरेमा धेरै फाईदा गर्छ ।

६. दम, पित्त थैली र मृगौलाको पथ्थरी, मधुमेह, आन्द्राको क्यान्सर र रेडियो बिकिरणवाट हुने असरका समस्यालाई हटाउँछ ।

७. जाडो समयमा नियमित कफी पिउनाले शरिरमा गर्मिपन बढाउनुको साथै चिसोलाई हटाउँछ ।
८. नियमित कफी सेवनले बोसो तथा मोटोपनलाई समेत कम गर्दछ ।

९. कफीमा पाईने एण्टी–अक्सीडेन्टले हृदयरोग तथा क्यान्सरवाट मानिसलाई सुरक्षा प्रदान गर्नुको साथै शारिलाई तन्दुरुस्त राख्दछ ।

१०. दैनिक कम्तीमा २-३ कप कफी नियमित रुपमा पिउनाले यौन दुर्वलतालाई हटाउँछ ।
script type="text/javascript">stLight.options({publisher: "5a71ec9f-f89f-4c29-971c-1252b79abdd3", doNotHash: false, doNotCopy: false, hashAddressBar: false});